०८ माघ २०७६, काठमाडौं ।
एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी प्रालि नेपालका बीच एन्टी मनि लाउन्ड्रीङ्ग सम्बन्धी प्रविधि खरिद गर्ने त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजीलिको तर्फबाट वितरणतर्फका उपाध्यक्ष अमित शर्मा, एम्नील टेक्नोलोजि प्रालि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको भ्लम तय इन्ड टु इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र इन्ड टु इन्ड एएमएल (एन्टी मनि लन्ड्रिङ)/सीएफटी (कम्व्याटिङ टेरोरिस्ट फाइनान्सिङ)सोलुसन कार्यान्वयनमा ल्याउने छ ।
यसले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको जनाएको छ ।
नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्यअनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको ई–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ । साथै, ग्राहकहरुलाई यस बैंकको वेभ साइटमा रहेको ई–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न पनि बैंकले यसै विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।