एन आई सी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग
११ असार, काठमाडौं ।
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ।
विद्यालयमा विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले उक्त आधुनिक शिक्षण सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो।
हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको यस विद्यालयमा मिति २०८३ आषाढ १० गते आयोजित एक विशेष कार्यक्रमका बीच उक्त स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो।
बैंकका काठमाडौँ इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले संयुक्त रूपमा सो स्मार्ट बोर्ड विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई हस्तान्तरण गरेका थिए।
उक्त हस्तान्तरण कार्यक्रममा विद्यालयका उप-प्रधानाध्यापकद्वय निरा गिरी र गोविन्द नेपाल, अन्य शिक्षक-शिक्षिका, विद्यार्थीहरूका साथै बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बैंकले उपलब्ध गराएको यो डिजिटल प्रविधियुक्त सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा थप सहजता ल्याउने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ।
For More:-Nic Asia Bank CSR


