मुक्तिनाथ विकास बैंकको कर्जामा भारी छुटै छुट

Muktinath Bank

काठमाडौं, साउन ८

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।

विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ ।

Interest Waiver by Muktinath Bikas Bank

  • न्युनतम ब्याजदर
  • ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत गरिने
  • नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट
  • एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन
  • कर्जा सेवाशुल्क अधिकतम १ प्रतिशत मात्र
  • विना सुरक्षण शुल्कमा लकरको सुविधा
  • बैंकको नियमानुसार शर्तहरु लागु हुनेछ ।

यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यवस्था बैंकले ल्याएको सूचना अधिकारी तिलबहादुर गुरूङ्गले बताए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here