दराज र ईसेवाले ल्यायो केवल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

Chance to Win an iPhone

काठमाडौं, साउन ८

अग्रणी अनलाइन बजार, दराज, र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले, केवल १ रुपैयाँमा नयाँ आईफोन एसई (iPhone SE) जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । भाग लिनको लागि, ग्राहकहरूले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई (iPhone SE) केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरि अर्डर गर्न पर्नेहुन्छ।

अफर साउन ७ देखि १२ (जुलाई २२-२७) सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ। विजेता घोषित भएपछि, सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनुहुनेछन्। यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ (जुलाई २७ – अगस्ट ३) सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २०% (१००० रुपैयाँ सम्म) को छूट पाउनेछन्। ग्राहकहरूले दराज महाबचात बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।

गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्य मार्फत ग्राहकहरुकोलागि भनि यस्ता अन्य अवसरहरू पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ जसले अनलाईन किनमेललाई एक रोचक विकल्प को रुपमा विकास गर्ने छ।” दराज प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने।

वान रुपी गेम अन्तर्गत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।

यस अभियान र दराजमा ईसेवा मार्फत पैसा कसरी तिर्ने भन्ने बारे थप जान्नको लागि कृपया दराज वा ईसेवा एप मा जानुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here