सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीका नयाँ ओडीआई कप्तान, एसीसी प्रिमियर कपबाट सम्हाल्नेछन् नेतृत्व
२६ साउन, काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा नियुक्त गरेको छ। यस निर्णयसँगै सन्दीप ४ वर्षपछि पुनः कप्तानीको जिम्मेवारीमा फर्किएका छन्।
क्यानका अनुसार आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन खराब भएपछि कप्तान परिवर्तन गर्ने निर्णय गरिएको हो। यो परिवर्तनसँगै रोहित पौडेलले ओडीआई र टी–२० दुवै फर्म्याटको कप्तानी गुमाएका छन् (यसअघि क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो)।
सन्दीप लामिछानेले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट आधिकारिक रूपमा नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्।
घोषित टोलीका खेलाडीहरू:
-
सन्दीप लामिछाने (कप्तान)
-
आसिफ शेख
-
अर्जुन कुमाल
-
रोहित पौडेल
-
देव खनाल
-
दीपेन्द्रसिंह ऐरी
-
सन्दीप जोरा
-
बसिर अहमद
-
इशान पाण्डे
-
गुल्सन झा
-
शेर मल्ल
-
ललित राजवंशी
-
करण केसी
-
हेमन्त थामी
For more: New ODI Captain of Nepalese Team

