४ पौष, २०७६ काठमाडौं ।
युनाईटेड फाईनान्स लिमिटेडले आज काठमाण्डौंको गोठाटारमा आफ्नो २३औं शाखा संचालनमा ल्याएको छ । गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष श्री बसन्त कुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर श्री कृष्ण हरी थापा बाट एक कार्यक्रमका विच समुद्घाटन भयो ।
यसका साथै युनाईटेड फाईनान्स पूजीं तथा शाखा संजालका हिसावले देशको सबै भन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको छ । सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।
फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अरव ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परीचालन गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।