कृषि विकास बैंकको नाफा ३९.२५ प्रतिशतले बढ्यो

Net profit of ADBL banks increased
Net profit of ADBL banks increased by 39.25 percent

२१ साउन, काठमाडौं ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा आकर्षक सुधार देखिएको हो ।

बैंकले असार मसान्तसम्ममा ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले यो अवधीमा वितरण योग्य नाफा नै २ अर्ब रुपैयाँ आर्जन गरेको छ । १३ अर्ब ४५ करोड रुपैयँँ चुक्ता पुँजी (प्रिफरेन्सियल सेयर बाहेक) रहेको बैंकले गत आर्थिक बर्षको वितरण योग्य नाफाबाट लगानीकर्तालाई १४.८६ प्रतिशत लाभांश दिन सक्छ । बैंकको जगेडा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

कृषि विकास बैंकले गत आर्थिक बर्षमा एक खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि ८ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

बैंकको प्रति सेयर आम्दानी १४.९२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २११.६ रुपैयाँ रहेको छ । कृषि विकास बैंकको खराब कर्जा २.४८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.७१ रुपैयाँ रहेको छ । आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने ३.९४ प्रतिशत कायम छ । बैंकको सीडी रेसियो भने ८१.७३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here