नेपाल मेडिसिटीद्वारा ललितपुर १८ को स्वास्थ्य केन्द्रलाई सहयोग, स्थानीयलाई विशेष सहुलियत
‘स्वस्थ समुदाय, समृद्ध भविष्य- हाम्रो साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल मेडिसिटी अस्पतालले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय समुदाय केन्द्रित स्वास्थ्य सेवामा आर्थिक सहयोग गरेको छ। अस्पतालले ललितपुर महानगरपालिका वडा नं. १८ सँगको समन्वयमा त्यहाँस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
एक विशेष कार्यक्रमका बीच नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत (CEO) डा. अमित तोमरले वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काको समन्वयमा उक्त सहयोग रकम हस्तान्तरण “गरेका हुन्।
यस आर्थिक सहयोगको मुख्य उद्देश्य वडास्तरीय स्वास्थ्य सेवाको सुदृढीकरण गर्नु रहेको छ। प्राप्त सहयोगबाट जनस्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमहरूको सञ्चालन, नियमित स्वास्थ्य परीक्षण तथा विभिन्न स्वास्थ्य शिविरहरूको आयोजना गरिने अस्पतालले जनाएको छ। यस प्रयासले स्थानीय समुदायमा सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाको विस्तारमा ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ।
ललितपुरकै भैँसेपाटीमा अवस्थित नेपाल मेडिसिटीले आफूलाई समुदायसँग नजिक रहेको अस्पतालको रूपमा स्थापित गर्दै स्थानीय बासिन्दासँगको सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर प्रतिबद्धता जनाएको छ। यसै सन्दर्भमा, अस्पतालले स्थानीय बासिन्दाहरूलाई नेपाल मेडिसिटीमा उपलब्ध हुने विभिन्न उपचार तथा सेवाहरूमा विशेष सहुलियत (Discounts) प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
सहयोग हस्तान्तरणका क्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले नेपाल मेडिसिटीको मूल उद्देश्य केवल उपचार सेवा प्रदान गर्नु मात्र नभई सबैका लागि गुणस्तरीय, सहज र किफायती स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको बताए।
अस्पतालले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै स्वास्थ्य सचेतना, रोग रोकथाम तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
‘उपचारभन्दा पर — समुदायसँगै, स्वास्थ्य र जीवनको यात्रामा हातेमालो’ गर्ने संकल्पका साथ मेडिसिटीले स्थानीय तहमा स्वास्थ्य पहुँच बढाउने कार्यलाई प्राथमिकतामा राखेको छ।
For More:-Nepal Medicity Lalitpur Health Support


