NEPALPAY QR बाट भुक्तानी गर्दा १०% क्यासब्याक

NEPALPAY QR Cashback

२६ चैत २०७९, काठमाडौं।

अब ग्राहकहरुले nepalpay QR स्क्यान गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका nepalpay QR का सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० बैशाख २ गतेसम्म उपलब्ध हुनेछ।

विभिन्न मर्चेन्टहरुमा Static QR, डिपार्ट्मेन्ट स्टोरमा Dynamic QR, इ–कमर्श पोर्टलमा QR गेटवे तथा पिओएसमा उपलब्ध रहेको nepalpay QR ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआइपिएस बाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।

नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २३५,००० भन्दा बढी nepalpay QR मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

हाल NEPALPAY QR को सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । NEPALPAY QR बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले QR scan गर्ने option मा गई NEPALPAY logo  लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here