टेलिकमको लिज कनेक्टिभिटीको शुल्क ३६ प्रतिशतसम्मले घट्यो

Nepal Telecom Central Office

१० असार २०७९, काठमाडौं

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

1. Internet Lease Line Tariff

Existing Tariffs per Month per Mbps(NRs) New Tariffs per Mbps (NRs)
Bandwidth per Month Monthly
1-20 Mbps 2500 1600
21-50 Mbps 2300 1600
51-100 Mbps 2100 1500
>100 Mbps 1900 1500

2. Intranet Lease Line Tariff

Bandwidth Existing Tariffs per Mbps (NRs) per month New Tariffs per Mbps(NRs) per month
1-10 Mbps 2700 2400
11-100Mbps 2400 2100
>100Mbps 2100 1800

 

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५००। रहेकोमा अब रु. १,६००। मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३००। बाट घटाएर रु. १,६००। नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु. २,१००। र रु. १,९००। रहेकोमा अब दुवैको महशुल दर रु. १,५००। कायम गरिएको छ ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००।, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here