नेपाल टेलिकममा ब्यालेन्स ट्रान्सफर अब ५०० रुपैयाँसम्म गर्न सकिने

NTC Extends Stay Connected Offer For Covid-19
Share It On:

बिहिबार, चैत २७, २०७६

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत्र २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो । थप गरिएका यी ८ दिनमा कम्पनीका ग्राहकले निम्न सुविधाको निरन्तरता प्राप्त गर्न सक्नेछन्:

१. जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ । यसैगरी दोश्रो प्याकेजमा रु. २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । यसरी रु. १ सयमा बोनससहित कुल ४ जीबी र रु. २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

२. कम्पनीकै नेटवर्क भित्र (On Net) भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु. १ सयमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ।

३. उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र USSD बाट खरिद गर्न सकिन्छ । USSD बाट खरिद गर्न *1415*10# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np बाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *