दैनिक आवश्यक वस्तुहरू वितरण गर्ने दराज र बिगमार्टको साजेदारी

Daraz And BIGMART MOU

चैत्र२५, २०७६, काठमाण्डौं, नेपाल

नेपालको अग्रणी अनलाइन बजार, दराजले बिगमार्ट सँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ। उक्त साजेदारी र सरकारको अनुमतिका साथ दराज र बिगमार्टले लकडाउनमा ग्राहकहरुको घर ढोकामा दैनिक आवश्यक वस्तुहरू जति सक्दो चाँडो पूर्याउन तयारी गरेका छन्। साझेदारीको रूपमा, दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरू पाउने छन् साथै बिगमार्ट मार्फत उपलब्ध अफहरूको पनि आनन्द लिन सक्दछन्।

साथै ग्राहकहरूले दराजको निम्न लिखित बैंक पार्टनरहरूको डेबिट / क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउनु हुनेछ: सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंक।

दराजमा बिगमार्टका सामानहरू दाराज एपवा वेबसाइट को गृहपृष्ठ / होमपेजमा सजिलै भेट्न सकिन्छ। बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरू सँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले उच्च गुणस्तरको आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन्। यसका साथै दराजकोे अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्दछ। यो एक दीर्घकालीन साझेदारी हो जसमा दुबै कम्पनीहरूले देशभरका ग्राहकहरूका लागि सुविधाजनक सेवा दिन उनीहरूको विशेषज्ञता र स्रोतहरूको पूरा उपयोग गर्ने लक्ष्य राखेका छन्। हालै काठमाडौं उपत्यका भित्र मात्र डेलिभरी गर्ने भए पनि कम्पनीले चाँडै नै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्‍याउने आशा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here