शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम भने ७ अर्ब नाघ्यो
६ असोज, काठमाडौं।
साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा कायम भएको छ। बजार ०.२६ प्रतिशतले बढे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ।
हिजो सोमबार प्राविधिक समस्याका कारण बजार स्थगित भएपछि आज मङ्गलबार सेयर बजार खुलेको हो।
बजारमा सूचक थोरैले बढे पनि सेयर खरिदबिक्री रकम भने ह्वात्तै बढेको छ। आज ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७ सय ६१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६ सय २४.९७ रुपियाँ बराबरको रेकर्ड कारोबार भएको नेप्सेले जनाएको छ।
आज दिनभर भएका कारोबारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ। साथै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ
समग्रमा बजार बढे, केही समूहमा भने गिरावट आएको छ। आज फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक, म्युचुअल फण्ड, निर्जीवन बीमा र ट्रेडिङ समूह राताम्मे भएका छन्। यीबाहेक बाँकी अरू समूहमा हरियाली छाएको छ।
आज लाभांश घोषणा गरेसँगै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक १४.९९ प्रतिशतले नाफा कमाउँदै सकारात्मक सर्किट ανέल्न सफल भएका छन्। त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सको ७.७५ प्रतिशत, मैलुङ खोलाको ५.६३ प्रतिशत र माण्डु हाइड्रोपावरको ५.४३ प्रतिशतले सेयर मूल्य बढेको छ।
यता, स्नो रिभर हाइड्रोपावरका लगानीकर्ताहरूले भने सबैभन्दा बढी ८.२३ प्रतिशतले घाटा व्यहोर्नुपरेको छ।
कारोबार रकमको आधारमा आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर सर्वाधिक किनबेच भएको छ। उक्त कम्पनीको मात्रै ४४ करोड ४० लाख ४४ हजार ४ सय ९९ रुपियाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
For More: Nepal Stock Market Update

