नेपाल एसबिआई बैंक पनि एनपीएस तथा नेपाल पे कार्डमा आवद्ध

Nepal SBI NEPALPAY integration
Share It On:

२६ जेठ, काठमाडौं ।  

नेपाल एसबिआई बैंक लिमिटेडले नेशनल कार्ड स्वीच (एपीएस) तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ ।

Nepal SBI NEPALPAY Integration

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपाल पे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

For More:-Nepal SBI NEPALPAY Integration

#नेपालएसबिआईबैंक #एनपीएस #नेपालपेकार्ड #डिजिटलभुक्तानी #आन्तरिककार्ड #भुक्तानीप्रणाली #फिनटेकनेपाल #डिजिटलनेपाल #बैंकिङनवप्रवर्तन #ictframe


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *