२५ पौष ,काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) ले दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-९ स्थित श्री सुर्के माध्यमिक विद्यालय, भण्डारे मा अध्ययनरत सबै विद्यार्थीहरूलाई स्कुल झोला र शैक्षिक सामग्री वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (CSR) सम्पन्न गरेको छ।
Nepal SBI CSR Initiative dolakha
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त) राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस प्रकारका कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको छ। बैंकले शिक्षा, सामुदायिक विकास, र सामाजिक योगदानमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउँदै आएको छ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडको यो कार्यक्रमले शिक्षा र सामुदायिक विकासमा टेवा पुर्याउने उद्देश्य राखेको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
For more: Nepal SBI CSR Initiative dolakha