एसबिआई बैंकद्वारा कोरोना भाइरस नियन्त्रणको लागि सरकारलाई सहयोग

Nepal SBI Bank Provides Financial Support to Control COVID-19
Share It On:

बैशाख २२, २०७७
नेपाल एसबि आई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि रु १ करोड सहयोग गरेको छ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागी नेपाल एसबि आई बैंकको तर्फ बाट बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतले रु ५० लाखको चेक माननीय उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री  लेखराज भट्ट लाई हस्तान्तरण गर्नु भएको छ। उक्त कार्यक्रममा माननीय उधोग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड,नेपाल सरकारका सचिवहरु बैंकको तर्फ बाट नायव कार्यकारी तथा प्रमुख संचालन अधिकृत, प्रमुख वित्तीय अधिकृत, मोहम्मद रिजवान आलम, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त  उपस्थित थिए। यसका साथै नेपाल एसबि आई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ। साथै बाँकीको रु १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ ।
नेपाल एसबि आई बैंकले वर्तमान प्रतिकूल परिस्थितिमा पनि नेपाल भरि विभिन्न शाखाबाट बैंकिङ सेवा प्रधान गदैं आएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *