सूचना तथा सञ्चार क्षेत्रमा ५ अर्ब ९३ करोड बजेट विनियोजन
१५ जेठ, काठमाडौं।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार क्षेत्रतर्फ कुल ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटअनुसार दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेश गर्ने, नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिने उल्लेख छ ।
सूचना प्रविधि सेवा निर्यात गर्दा हुने आम्दानीमा सरकारले ५० प्रतिशत कर छुट दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्र राष्ट्रको नयाँ आर्थिक इन्जिन भएको उल्लेख गर्दै करमा छुटको घोषणा गरेका हुन् ।
For More:-Nepal ICT budget 2026


