सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाइँदै

Nepal Government Ban Share Trading
Share It On:

२६ भदौ, काठमाडौं ।

सरकारले कार्यालय समयमा सरकारी कर्मचारीलाई सेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ। कर्मचारीहरू सेयर कारोबारमा अत्यधिक व्यस्त हुन थालेपछि सेवा प्रवाहमा बाधा पुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा सरकारले यस्तो कदम चाल्न लागेको हो।

अख्तियारमा परेका उजुरीहरूका आधारमा आयोगले सिंहदरबार परिसरलगायत सरकारी कार्यालयहरूको स्थलगत निरीक्षण गर्दा कर्मचारीहरूले सेयर कारोबारमा कार्यालय समय दुरुपयोग गरेको पत्ता लागेको थियो। यसपछि, अख्तियारले कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाउन सरकारलाई पत्र पठाएको हो।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार, आयोगले कर्मचारीहरूलाई टीएमएस (ट्रेड म्यानेजमेन्ट सिष्टम) मा अत्यधिक संलग्न भएर सार्वजनिक सेवामा असर पर्ने भएकाले यस्तो सिफारिस गरेको हो। अब यो विषयमा अन्तिम निर्णय सरकारकै हातमा रहेको छ।

हाल सेयर बजारमा आएको उत्साहका कारण सरकारी कर्मचारीहरूले पनि सेयर कारोबारमा चासो देखाउन थालेका छन्। यसै कारण, कार्यालय समयमा सेयर कारोबार रोक्न सरकारलाई आग्रह गरिएको हो।

For more: Nepal Government Ban on Share Trading


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts