अब बिजुलीको मिटर रिड गर्न घरमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने, स्मार्ट मिटर जडानकार्य सुरु

NEA Electricity Online Meter Reading

२६ साउन, २०७७ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ ।प्राधिकरणले घरायसी ग्राहकहरुको घरमा रहेका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडानको कार्य आइतबारबाट सुरु गरेको हो । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरमा प्रतिस्थापन गरी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले स्मार्ट मिटर जडान कार्यको उद्घाटन गरेका हुन् ।प्राधिकरणका अनुसार यस्ता सिंगल फेजका ग्राहकहरुको संख्या हाल करिब ५० लाख रहेको छ ।त्यी पुरानो मिटरलाई प्रतिस्थापन गरिने प्राधिकरणलो जनाएको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको सिंगल फेज मिटर प्रतिस्थापन गरिने जानकारी दिएको छ।

यो मिटर जडान भएसँगै ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने वाध्यताको अन्त्य हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार प्राधिकरणको कन्ट्रोल सेन्टरबाटै ग्राहकको घरमा कति बिजुली खपत भएको छ भन्ने डेटा संकलन हुने कुराको जानकारी दिएका छन्।

यसैगरी ग्राहकले पनि विभिन्न अनलाइन तथा डिजिटल भुक्तानी प्रणालीको माध्यमबाट घरबाटै विद्युत महशुल तिर्न सक्नेछन् । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष यसले हाम्रो लागत समेत घट्ने छ,’ घिसिङले भने, ‘स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि आवश्यक पर्ने कर्मचारीको खर्च कम हुनेछ ।यसले समग्र बिजुली प्रसारण तथा खपतको क्षेत्रमा आधुनिक प्रणाली स्थापना गर्न समेत मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

Author: रमेश बि.सी.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here