“उपाय: सिटी कार्गो V.3.0 घोषणा”

Upaya CityCargo

२९ साउन, २०७७ काठमाडौं ।

मिति (२०७७/०४/२३) गते शुक्रबार एक विशेष कार्यक्रमका  बिच उपाय: सिटी कार्गोले आफ्नो नयाँ एप लन्च गरेको छ । कार्यक्रममा उपस्थित संस्थापकहरु, बोर्डका सदस्यहरु, लगानिकर्ता र सम्पुर्ण कर्मचारीहरु नयाँ एपले अनलाइन ढुवानीलाई व्यवस्थापन गर्न थप मद्धत गर्ने कुरामा उत्साही देखिन्थे ।

सो कार्यक्रममा उपाय: सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीज्युले कम्पनीको भिजन, मिसन(उद्वेश्य) र मुल मान्यता के हो भन्ने प्रष्ट पार्नुभयो । त्यसैगरि यस विषम परिस्थितिका बाब्जुद उपाय: सिटी कार्गोका कर्मचारीहरुको हौसला र मेहनतको प्रशंसा गर्नुभयो ।

सोही कार्यक्रममा कम्पनीका COO (Chief Operating Officer) आमिगो खड्काज्युले कम्पनीको बिगत र बर्तमानको तुलना गर्दै, कम्पनीले गत आर्थिक बर्षमा गरेको प्रगती र आउने दिनमा यसले कसरी काम गर्छ भन्ने ‘रोड-म्याप’ प्रस्तुत गर्नुभयो। साथै आगामी आर्थिक वर्षमा कम्पनीले आफ्नो सेवा काठमाडाैं बाहिर पनि बिस्तार गर्ने योजना रहेको; जस्मा ६ वटा हब (१० ठूला शहर) पर्ने उहाँले बताउनुभयो । त्यस्तै नेपालीको E-Commerce तथा कृषि व्यवसायमा पनि ‘सप्लाइ- चेन’ लजिस्टिकको निकै समस्या रहेकाले; उपाय:सिटी कार्गोलाई व्यवसायीहरुको विश्वासिलो लजिस्टिक साझेदार बनाउदै देशको आर्थिक रुपान्तरणमा अहम भुमिका खेल्न चाहेको उहाँले बताउनुभयो ।

उपाय: सिटीकार्गो’ नयाँ एपका विशेषताहरुको विषयमा कम्पनीका ‘Product & Development प्रमुख’ करण बस्नेतज्युले केही प्रकाश पार्नुभयो । उहाँले उपाय:सिटी कार्गो  Client एपमा ‘Tracking र Automated VAT bills’ को सुबिधा रहेको र त्यस्को साथै Driver ले पनि एपमा नै Automatic Trip Notification र आफ्नो आम्दानी पाउने हुँदा; Client र Driver दुबैले एपमार्फतनै सजिलै काम (ट्रिप) गर्न सक्ने भन्दै उपस्थित रहेकाहरुको बीचनै नमूना ट्रिप (Demo Trip) गराएर विश्वास दिलाउनुभयो। ‘डिजिटल नेपाल’ को सपना पूरा गर्न उपाय:सिटीकार्गोले लजिस्टिककाे क्षत्रमा आधारस्तम्भ तयार गरिरहेको दृढता व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रमको अन्त्यमा उपस्थित महानुभावहरुको जिज्ञासाहरुलाइ सम्बोधन गर्दै कम्पनीका COO (Chief Operating Officer) आमिगो खड्काज्युले कार्यक्रम औपचारिक रूपमा सफलता पुर्वक समापन भएको घोषणा गर्नुभयो।

” उपाय:सिटी कार्गो एउटा अनलाइन लजिस्टिक प्ल्याटफर्म हो जस्ले व्यक्ति र व्यवसायहरुलाई Driver-Partners संग जाेड्दै; अनलाइन प्रविधिको माध्यमद्वारा ढुवानि सेवालाई सरल र सहज बनाउन मद्दत गर्दछ । उपाय:सिटी कार्गोमा हालसम्म ३५०० भन्दा बढी ग्राहक र ५०० भन्दा बढी Driver-Partners आवद्ध भइसक्नु भएको छ । उपाय: सिटी कार्गोले ग्राहकहरुलाई टाटा पिक-अप, टाटा हात्ति, महिन्द्रा बोलेरो, महिन्द्रा म्याक्सिमो र अन्य कार्गो भ्यानहरुको अनलाइन सुबिधा उपलब्ध गराउछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here