११ पुस २०७७, काठमाडौं ।
नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पस वीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न फाउण्डेशनबाट बिगतमा उपलब्ध हुंदै आएकोमा सोको निरन्तरता दिदै दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाइ धन्यबाद दिदै प्राप्त छात्रवृत्ती जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताउनु भयो । यसबाट बिपन्न वर्गका जेहन्दार बिद्यार्थीहरु लाभान्वित हुने बताउनु भयो । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जालान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले सभमmदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
समझदारी पत्र अनुसार कूल १,१७,९५,०००। राशीको उद्यमशील छात्रवृत्ति अन्तरगत ४९ जना बिद्यार्थीहरुलाइ पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिएको छ । सो मध्ये ७ जना महिलालाइ पूर्ण रुपमा छुट प्राप्त हुनेछ । यस दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ती अन्तरगत व्याचलर इन वीजनेश म्यानेजमेण्ट (इ-बिजनेज) मा अध्ययनको अवसरमा प्राप्त गर्ने छन । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।
बिबिएम ई-बिजनेश अध्ययन गर्ने विद्यार्थीहरुले अध्धयन पश्चात अनलाइन बिजनेश, मार्केटिङ्ग, मानव संसाधन, प्रोडक्ट ब्राण्डीङ्ग आदी क्षेत्रमा आफ्नो करियर बनाउन सक्छन ।
कलेजले जनाए अनुसार बिबिएम ई बिजनेश अध्ययन गर्ने विद्यार्थीहरुले चाहेमा दोश्रो वर्षदेखि अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालयमा सोझै भर्ना पाउन सक्ने व्यवस्था रहेको समेत जनाएका छन् ।