कोरोना भाइरसबाट सावधानी, QR Code बाट भुक्तानी

Naxal Tarkari Bazar

१० पुस २०७७, काठमाडौं ।

नक्साल तरकारी बजारमा डिजिटल बंैकिङ्गलाई प्रवद्र्धन गर्न QR Code बाट भुक्तानी को सुरुवात

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा QR Code बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा खरिद गरि क्युआर कोडबाट भुक्तानी गरेर तरकारी बजारमा क्युआर कोडको उद्घाटन गरेका थिए । गभर्नर अधिकारीले नक्साल तरकारी बजार पहिलो क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था गरेको बताए । उनले यो कार्यले डिजिटल कारोबारलाई बढावा दिन सहयोग पुर्‍याउने पनि बताए ।

खुद्रा पैसाको झन्झट नहुने, जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा QR Code बाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here