नेपाल क्लियरिङ्ग हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान

NCHL awarded with BPA Award 2022 
NCHL awarded with BPA Award 2022 

६ साउन, काठमाडौं । 

नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई ,’National Best Presented Award अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा Institutes of Chartered Accountants of Nepal (ICAN) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले  ICAN तथा South Asian Federation of Accountants बाट विभिन्न पुरष्कार तथा सम्मानहरु प्राप्त गरिसकेको छ । सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै SAARC क्षेत्रमा’SAFA Best Presented Annual Report Awards’ अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो । यसैगरी सन् २०१९मा एनसीएचएललाई ICAN को BPA अन्तर्गत सोही विधामा पहिलो स्थानको पुरस्कार र SAFA द्वारा तेश्रो स्थानको पुरस्कारले सम्मानित गरिएको थियो ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ ।एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजरतर्पmकोप्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको NCHL-ECC,NCHL-IPS, connect IPS e-Payment, connect RTGS, National Payments Interface (NPI) र CORPORATEPAY  प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरूवाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ,सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । हालै National Payment Switch(NPS) को Retail Payment Switch (RPS) अन्तर्गत एनसीएचएलले अन्तरआबद्धता कायम हुनेगरी नेटवर्क तथा स्किमको रुपमा NEPALPAY QR सञ्चालनमा ल्याएको छ । साथै NPS अन्तर्गत Domestic Card Scheme पनि कार्यान्वयनको क्रममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here