एनसेलले सुरु ग¥यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ

Ncell an Axiata Company

असार २६, २०७७

नेपालका उपभोक्ताहरुले अब चाँडैनै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन्। एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ।

एनसेलले सुरु ग¥यो वायर फ्री प्लस वाइफाइको प्रि–बुकिङ

नयाँ थिम ‘प्लस’ अन्तर्गत नेपालमा पहिलो पटक वायरलेस वाइफाइ सेवा
सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाको बन्डल अफर
देशभर ४० भन्दा बढि जिल्लामा उपलब्ध
सातै दिन, २४ सै घन्टा ग्राहक सेवा

Ncell announces pre-booking for W

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरिय र भरपर्दो वायरफ्रीप्लस वाइफाइ सेवा ल्याउन लागेको छ। यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्छन्।

वायरफ्रीप्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन्। कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठुलो डेटा भोलुम सँगको बन्डलिङ सहित प्रि-बुकिङ्ग लिदैछ। ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन्। प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुन्छ।

प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ। ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ। ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन्। ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन।

वायरफ्री प्लस वाइफाइ सेवाको बारेमा उत्साहित हुदै एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, “आफ्ना ग्राहकलाई आवश्यकता अनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उदेश्य रहदै आएको छ। हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स्मार्फत ग्राहकले सेवाको राम्रो अनुभवगर्न पाउन भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं। यस वायरफ्रीप्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँअनुभव गराउने छ । हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दाधेरै मानिसलाई इन्टरनेटमा पहँुचप्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ ।”

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरा देखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ। विशेष योजना अन्तर्गत ये प्रि–बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको हो। हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्नेछ।

आफ्नो नयाँ थिम ‘प्लस ’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याइसकेको छ। ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here