इजी ट्याक्सी नेपाल एपले कोरोना बीमा गरिदिने

Taxi Nepal App

शनिबार, असार २७, २०७७

इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ। पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको छ। यस योजना अन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्ने छ।
यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउने छन्।
यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ। जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थान सम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ। र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ।
यसबाट चालक तथा यात्रु दुबै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ।
यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथ-साथै आवश्यक विबरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ।
अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा संचालन गर्ने व्यवस्था मिलाउने हाम्रो उद्धेश्य समेत रहेको छ।
इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए।
भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्ने छन्, अध्यक्ष पौडेलले भने।
यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनी सँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ। जस अन्तरगत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँ देखि ८,७६५ रुपैयाँ सम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
यसै बिच ट्याक्सीको बीमा अवधि सकिएका वा सकिन लागेका ट्याक्सी व्यवसायीहरुले ट्याक्सी बीमा नविकरण गराउन यस इजी ट्याक्सी नेपाल एपको कार्यालय तिनकुने सुबिधानगरमा सम्पर्क गर्न अनुरोध गर्दछौं।
यस इजी ट्याक्सी नेपाल एपले बिगत लामो समय देखि यस ट्याक्सी व्यवसायलाई व्यवस्थित, मर्यादित, भरपर्दो तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिराखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here