१८ साउन, काठमाडौं ।
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ सालदेखि बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको छ ।
यस सहकार्य अन्तर्गत एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने आफ्नो नेटवर्क भित्र रहेका जनसमुदायलाई बाढी पहिरोको सम्भावित जोखिम बारे उनीहरुको मोबाइलमा एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दछ ।
यस वर्षको मनसुनको सुरुवातसँगै एनसेलले गत २ महिनामा ४४ लाख भन्दा बढी बाढी पहिरोको सम्भावित जोखिम बारे एसएमएस मार्फत पूर्व सूचना प्रवाह गर्दै आएको र यो क्रम जारी नै रहेको छ।
एनसेल र विभागको यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाई न्युन गर्न मद्दत पुर्याउदै आएको एनसेलले जनाएकाे छ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ साल देखि नै पूर्वसूचना प्रणालीको संचालन गर्दै आएको छ र यस सहकार्यलाई अझै परिस्कृत बनाउँदै पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन प्रतिवद्ध रहेको एनसेलको भनाइ छ ।