१५ पुस २०७६, काठमाडौं ।
एनसेलले पूँजीगत लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले मंगलबार दिउँसो ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।
साथै बाँकी रहेको रकम भने ऐनले दिएको सुविधा अनुसार किस्ताबन्दीमा तिर्न पाउनुपर्ने भन्दै एनसेलले ठूला करदाता कार्यालयमा निवदेन दिएको छ । एनसेलको माग अनुसार समय दिने वा नदिने भन्ने कुराको निर्णय आउन बाँकि रहेको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले मंसिर महिनामा एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गर्दै १५ दिनभित्र उक्त रकम तिर्न पत्र काटेको थियो ।
एनसेलले मंगलबार कर तिरेपछि अब सरकारलाई १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी छ । उक्त सुविधा एनसेलले २०७७ साल असारसम्म मात्रै पाउनेछ ।