ईटहरीमा प्रभु क्यान इन्फोटेक २०२० हुने

PRADESH LEVEL INFOTECH 2020
Share It On:

काठमाडौं, पुस १५

२०६३ सालमा स्थापना भएको क्यान सुनसरी सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित भए संगै क्यान महासंघ सुनसरी जिल्ला शाखाको रुपमा सूचना संचार तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरीआएकोे जानकारी गराउदछौ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यान महासंघ प्रदेश नं. १ को सम्योजनमा सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समटने गरी इटहरीमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ । प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक मिति २०७६ माघ १ गते देखि २०७६ माघ ५ गते सम्म इटहरी स्थित जनता स्कुलको खेल मैदानमा आयोजना हुनेछ । २०६३ सालमा स्थापना भएको क्यान महासंघ सुनसरीले जिल्लामा सूचना संचार तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन भइरहेको समेत जानकारी गराउदछौ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसंगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि हामीले लिएका छौं ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नया“–नया“ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यो प्रर्दशनी सुचना प्रबिधि सम्बन्धि चासो राख्ने हरुको लागि सुचना तथा संचार प्रबिधिको क्षेत्रमा भएका विकास तथा प्रयोग का बारेमा जानकारि लिने थलो हुने बिश्वास पनि हामिले लिएका छौं । क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने हामिले ठानेका छौं ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोल्यशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् । त्यसैगरी, आर्टी्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।

गत वर्ष करिब ७५ हजार भन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष १ लाख भन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं । यस पटकको सबै इन्फोटेकहरुमा प्रवेश टिकट लाई पेपरलेस गर्ने प्रयास गर्दै छौं ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *