आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो सार्वजनिक

Ncell Holi offer video

९ चैत, काठमाण्डौं।  

फागुको खुसियालीः एनसेलको इण्डिया रोमिङ् प्याकमा होली छुट अफर, विशेष भिडियो सन्देश

एनसेलले फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । यस अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट दिएको छ । यो अफरमार्फत ग्राहकहरूले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

आज शुक्रबार (चैत ९)बाट संचालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित रु १०० पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र रु ७५ सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन् ।

होली पर्वको अवसरमा, एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ । सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।

भिडियो सन्देशले पर्वलाई विषेश बनाउने र होली छुट अफरले भारत भ्रमणका बेलामा पनि ग्राहकलाई सुलभ शुल्कमा सम्पर्कमा रहिरहन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

यो प्याक सुचारु गरेपछि प्रतिदिन रु २५ का दरले ३ दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाललगायतका माध्यमहरु मार्फत सम्पर्कमा सहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् ।
यो प्याकमा इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सकिन्छ ।

ग्राहकहरुले सजिलै एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने स्थानियबासी, साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहने यो प्याक ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिएर होली अफरको छुटबाट फाइदा लिनसक्छन् ।
फागु पूर्णिमा विशेष भिडियो सन्देश हेर्न यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here