Ncell Has Introduced An Online Chat Service On Its Official Website

काठमाडौं ।

आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरेको एनसेलले आफ्नो वेभसाइटमा अनलाइन च्याट सेवा सुरु गरेको छ । हालै सुचारु गरेको एनसेलको अनलाइन च्याट सेवा अन्तर्गत ग्राहकले कम्पनीको वेभसाइट www.ncell.com.np  मा गई ‘अनलाइन’ बटनमा क्लिक गरी एनसेलको सेवा सुविधा तथा सेवासँग सम्बन्धित कुनै पनि जानकारी लिनुका साथै आफ्ना समस्याको बारेमा सोधि तत्काल उत्तर पाउन सक्छन् । च्याटका लागि ग्राहकले आफ्नो नाम, मोबाइल नम्बर र ईमेल राखी लगईन गर्नपर्छ ।

ग्राहकहरुको सेवा प्रतिको अनुभव राम्रो राख्न एनसेल सधै प्रतिबद्व रहेको छ । त्यसै अनुरुप एनसेलले फेसबुक तथा ट्विटर बाट पनि ग्राहकहरुको जिज्ञासा तथा समस्याहरु समाधान गर्दै पनि आइरहेको छ । यसका साथसाथै ग्राहकहरुलाई आफ्ना सेवा सुविधाका बारेमा जानकारी गराउन  एनसेलले आफ्नो वेभसाइट पनि पहिलेनै निःशुल्क बनाई सकेको छ ।

“हामी ग्राहकलाई कसरी उत्कृष्ट सेवाको अनुभव दिने भनेर सदा तत्पर रहन्छौ र यो नयाँ सेवा त्यसैको एक परिणाम हो,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “छिटो र छरितो सेवाको अपेच्छा गर्ने ग्राहक तथा कामकाजी ग्राहकलाई यो सेवाले विशेष मद्दत पुर्याउने हाम्रो विश्वास छ ।”

केहिसमयका लागि यो अनलाइन च्याट सेवा प्रत्येक दिन बिहान ९ बजेदेखि ५.३० बजेसम्म ग्राहकहरुका लागि उपलब्ध  हुने कम्पनीले जनाएको छ ।