नमस्ते पे द्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

Namaste Pay Empower
Share It On:

१७ चैत, काठमाण्डौं।

नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको बताएको छ ।

यस अन्तर्गत नमस्ते पे द्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पे का प्रयोगकर्ताहरू र फलोवर्सले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी प्राप्त गर्नु भयो। वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका बारेमा जानकारी र नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारे भिडियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो ।

त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियो जहाँ युवाहरूले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरू बारे सिक्ने मौका पाए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको बताएको छ जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् ।

रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *