२३, चैत २०७७, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले रू. १,००० अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने रू. १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशनको लागिसानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएको हो ।
रू.१ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर Private Placement मार्फत् र ४० प्रतिशत (रू. ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड NEPSE मा सूचिकरण गरिने छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा हामी हार्दिक अपिल गर्दछौ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA NETWORK अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरि मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माहुने आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था समेत गरिएको छ ।