मुक्तिनाथ विकास बैंककाे ब्रान्ड प्रवर्द्धकमा पर्वातारोही लाक्पा देण्डी शेर्पा

Muktinath Bank with Lakpa Dendi Sherpa

३ असार २०७९, काठमाडौं ।

पर्वातारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर नियुक्त भएका छन् । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बुधबार सो सम्झौता भएको हो ।

बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवद्रधन तथा संस्थागत मामिला विभाग प्रमुख वसन्त बक्शी र लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका छन् ।

शेर्पा एक सफल पर्वातारोही हुन् । तीन पटक सगरमाथा आरोहण गरेका उनले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गर्ने गिनिज रेकर्ड होल्डर पनि हुन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here