सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्दको हस्ताक्षर अभियान सुरु

MU Activism Center Against Gender-Based Violence

१२ मंसिर २०७९, काठमाडौं।

लैंगिक हिंसा विरुद्धको कार्यक्रम संचालन गर्ने मध्यपश्चिम विश्वविद्यालयको निर्णय अनुरुप आज हस्ताक्षर अभियान सुरु भएको छ । लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थापित MU Activism Center Against Gender-Based Violence द्वारा आयोजित यस कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवं यस अभियानका संरक्षक प्रा. डा. नन्द बहादुर सिंहज्यूले केन्द्रीय कार्यालय परिसरमा रहेको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गरी अभियानको उद्घाटन गर्नु भएको थियो ।

साथै विश्वविद्यालयका रजिष्ट्रारज्यू, कार्यकारी निर्देशकज्यू, उक्त अभियानका संयोजक तथा सदस्य, प्राध्यापक, कर्मचारी लगायतले हस्ताक्षर गर्नु भएको थियो ।

कुनै पनि प्रकारको लैंगिक हिंसा हुन नदिन आफु प्रतिवद्द रहेको साथै समाजमा यस बारे जनचेतना फैलाउने र सबैलाई यस प्रति प्रतिवद्द पार्ने यस अभियानको प्रमुख उदेश्य रहेको छ भने अभियानको नारा ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्दको हस्ताक्षर अभियान’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here