मध्यपश्चिमान्चल विश्वविद्यालय र अन्तर्राष्ट्रिय अनलाईन शैक्षिक संस्था विच सम्झौता

Mid-Western University with an international institution which is working in the eLearning services
Share It On:

आईतबार, वैशाख ७, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र ओइआरयूका तर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गर्नुभयो।

ओइआरयू संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को एक महत्वपूर्ण परियोजना हो। जसलाई ओइआर फाउण्डेशनले सञ्चालन गरिरहेको छ। विश्वभरका ४१ विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरु यसमा आवद्ध छन्। एशियामा १३ तथा नेपालमा नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय मात्र ओइआरयूका साझेदार बनेका छन्।

ओइआरयू आउटरिच पार्टनरसीप प्रोग्राम अन्तर्गत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्झौता गरेको हो। विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले ‘फोकल पर्सन’ का रुपमा सहजीकरण गरिरहनुभएको छ । त्यस्तै, विश्वविद्यालयले अनलाइन शिक्षण प्रविधिका लागि टर्नइटइनसँग सम्झौता गरेको छ । यस अन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु छन ।

उपप्राध्यापक भट्टले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि मात्र नभई नेपालकै लागि शैक्षिक क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको दाबी गर्नुभयो। “यी प्रणालीमार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनका बेला मात्रै नभई भविष्यमा पनि अनलाइनका माध्यमबाट शैक्षिक सामग्री, अनुसन्धान शोधपत्र प्राप्त गर्न सक्छन्”, उहाँले भन्नुभयो, “सिङ्गो विश्वविद्यालयलाई इ–युनिभर्सिटी अर्थात् प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्न सम्झौताले धेरै मद्दत पु¥याएको छ।यो सँगै, टर्नइटइन बारे पहिलो चरणको अभिमुखिकरण तालिम अनलाईनका माध्यम बाट सम्पन्न भईसकेको छ जसमा, टर्नइटइन तर्फका प्रतिनिधि र विश्वविद्यालय अन्तर्गतका पदाधिकारी, प्राध्यापक एवं कर्मचारी उपस्थित रहेको उहाँले जानकारी दिनु भयो।

सन् २०१० मा स्थापना भएको विश्वविद्यालयले हाल कोभिड–१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामुलक सन्देश सामग्री उत्पादन गरिरहेको छ। सुर्खेत केन्द्रीय कार्यालय रहेको एमयूका आङ्गिक र केन्द्रीय गरी १७ वटा क्याम्पस छन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *