आईतबार, वैशाख ७, २०७७
नेपाल एस बि आई बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा १ करोड सहयोग गर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार प्रदेश नं २ का मुख्य मन्त्री लालबावु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई ५ /५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो। यस कार्यक्रम अन्तर्गत बाँकी रहेका प्रतेक प्रदेश सरकारलाई रकम रु पाँचलाख र केन्द्रिय सरकारलाई पचास लाख अविलम्ब उपलब्ध गराइने छ। यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ।
बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको छ।