कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधी केन्द्रिय बिभागको Orientation सम्पन्न

M.Sc.CSIT Online Class
Share It On:

आईतबार, वैशाख ७, २०७७

त्रिभुवन विश्वविद्यालय कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधी केन्द्रिय बिभागले Master of Science in Computer Science and Information Technology (M.Sc.CSIT) का नव आगन्तुक बिधार्थीहरुका लागि online माध्यमको प्रयोग गरि orientation सम्पन्न गरेको छ। बिभागले पठनपाठन भोली देखी सन्चालन गर्ने भएको छ। orientation कार्यक्रममा बिज्ञान तथा प्रविधि अध्यन संस्थानका डिन, सहायक डिन, विभागीय प्रमुख, प्राध्यापक र नव आगन्तुक विधार्थीहरुको सहभागिता रहेको थियो।

 प्रा.डा. राम प्रसाद खतिवडाले यो समयमा online कक्षाको सुरुवात गरि विभागले राम्रो काम गरेको बताए। उंहाले त्रि. वि. ले विशेष परिस्थितिमा पनि पठनपाठनलाई सुचारु गर्नका लागि के कति गर्न सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको बताए। डा. खगेश्वोर मण्डलले बिधार्थीलाइ अनलाइन कक्षा कसरि सकेसम्म फलदायि बनाउनु सकिन्छ भनेर सोच्नुपर्ने बताए।

विगत लामो समय देखि सूचना प्रविधिको क्षेत्रमा लाग्नु भएका प्रा. डा. सुबर्ण शाक्यले नव आगन्तुक बिधार्थीलाई अध्ययन र अनुसन्धानमा बढी भन्दा बढी केन्द्रित हुन सुझाव दिए। उनले भने “आजको समयमा किताब पढेर जांचमा लेखेरे मात्र हुदैन, अध्ययनसंगै अनुसन्धान पनि महत्वपूर्ण हुन्छ। अनुसन्धानले नै नया-नया चिजको आविस्कार गर्ने हुनाले बिभागले पनि अनुसन्धानमा जोड दिनुपर्ने बताए।

विभागीय प्रमुख नवराज पौडेलका अनुसार लक्डाउनको समयमा बिभागले बिधार्थीहरुको पढाईमा बाधा नपुगोस भनेर नया भर्ना भएका बिधार्थीहरुको सेसन समयमै शुरु गर्नका लागि अनलाइन कक्षाको व्यवस्था गरी ओरेन्टेसन गरेको र भोली देखि प्रथम सेमेस्टरका सम्पूर्ण कक्षाहरु अनलाइन सुचारु हुने बताए।

विभिन्न चरणमा बिभागका प्राध्यापकसंग छलफल गरि आवश्यक व्यवस्था मिलाएको बताए। आजको समयमा हामीले प्रविधिको प्रयोग गर्दै अनलाइन एजुकेशनमा जोड दिनुको विकल्प नरहेकोले बिभागले बिशेस जोड दिएको छ। आवश्यकतालाइ मध्यनजर गर्दै आगामी दिनमा बिभागले online माध्यमबाट सेमिनार, थेशिश लगायतका शैक्षिक क्रियाकलाप पनि गर्ने सोच बनाए।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *