बीएफआईएन (BFIN)ले मंसिर ४ गते अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्दै

MFIs Board of Directors & Management Consortium 2019
Share It On:

मंसिर २, २०७६ काठमाडौं

बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडको आयोजनामा यहि मिति २०७६ साल मंगसिर ४ गते ( तदनुसार २० नोभेम्बर २०१९ ) का दिन पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ काठमाडौमा “MFIs Board of Directors & Management Consortium 2019” सम्बन्धी अन्र्तराष्ट्रिय स्तरको १ दिने सम्मेलनको आयोजना हुने भएको छ।

राष्ट्रको सुख, शान्ति र सम्वृद्धि निर्माणमा आर्थिक सामाजिक रुपान्तरणका लागि गाउँसहरका अति विपन्नलाई पुँजी, सीप र बजार पहुँचको माध्यमबाट उनीहरूको आयस्तर बढाउँन लघुवित्त संस्थाहरुको ठुलो योगदान रहेको छ । नेपालमा लघुवित्त संस्थाहरुले पुर्याएको योगदान तथा देखिएका चुनौतीहरु बारे छलफल गर्न र Bangladesh का लघुवित्त संस्थाहरुको अनुभव र लघुवित्तबाट बाणिज्य बैंकका रुपमा परिणत भएको Bandhan बैंकको अनुभवबाट नेपालका “Microfinance Institutions” ले के कस्तो बिषयहरुमा कार्वान्वयन ल्याउन सकिन्छ भन्ने उद्धेश्यले यो सम्मेलन आयोजना गरिएको BFIN का कार्यकारी निर्देशक ले वताउनु भयो। यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालकहरु, प्रमुखहरु र कर्मचारीहरुको ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ ।

उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी ज्यूले गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात Bangabandhu Chair Professor, Dhaka University & Former Governor, Bangladesh Bank का Dr. Atiur Rahmanज्यूले “The Changing Landscape of Microfinance:Learning Lessons from Bangladesh” बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनको अध्यक्षता भारतका Founder/ CEO/ Managing Director, Bandhan Bank, India का  Mr. Chandra Shekhar Ghosh ज्यूले गर्नु हुनेछ ।

तत्पश्चात दोस्र्रोे सेसनमा भारतका Bandhan Bank का Founder/ CEO/ Managing Director,Mr. Chandra Shekhar Ghosh ज्यूले Bandhan Bank-The Bank for All, Big or Small बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्तसेसनको अध्यक्षता Bangabandhu Chair Professor, Dhaka University & Former Governor, Bangladesh Bank का Dr. Atiur Rahman ज्यूले गर्नु हुनेछ ।

तेस्रो सेसनमा प्रथम Microfiancnace Promotion & Supervision Department का Executive Director, Dr. Prakash Kumar Shresthaज्यूले The Future of Microfinance in Nepal बिषयमा आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, उक्त सेसनको दोस्रो वक्ताको रुपमा Nepal Microfinance Association का अध्यक्ष बसन्त लम्साल ज्यूले Operational issues of Microfinance in Nepal बिषयमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सेसनको अध्यक्षता बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले गर्नु हुनेछ ।

तत्पश्चात चौथो सेसनमा प्यानल अन्र्तक्रियाको बिषय Microfinance: Present & Future Challenges रहेको छ ।साथै, उक्त सेसनमा Bangabandhu Chair Professor, Dhaka University & Former Governor, Bangladesh Bank का Dr. Atiur Rahman, भारतका Bandhan Bank का Founder/ CEO/ Managing Director,Mr. Chandra Shekhar Ghosh, Microfinance Expert, Bharat Singh Thapa,  नेपाल राष्ट्र बैंकका निर्देशक, रेवतीप्रसाद नेपाल, Promixco Group President, Association of Grassroots Women Entrepreneurs Bangladesh (AGWEB)की Managing Director, Mousumi Islamर बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय लगायतका बक्ताहरुले पनि आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उक्त सेसनमा मध्यस्थ कर्ता(Moderator) का रुपमा लक्ष्मी लघुवित्त बित्त संस्था लिमिटेडका कार्याकारी प्रमुख, प्रकाश राज शर्मा ज्यूले गर्नु हुनेछ । BFIN र Microfinance Associations of Nepal ले आयोजना गरेको यस सम्मेलनमा १५० जना सहभागीहरुले भाग लिने अपेक्षा गरिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *