क्यान निर्वाचन: कुँवर समूहका १६ जना र पाण्डे समूहका ४ जना निर्विरोध, पाण्डे समूहबाट आफ्नै उम्मेदवार विरुद्ध उम्मेदवारी

CAN_NAWARAJ_TEAM
CAN_NAWARAJ_TEAM

३, मंसिर २०७६ काठमाडौं ।

सूचना तथा संचार प्रविधि सम्बद्ध व्यक्ति, व्यवसायी र संघ संस्थाहरुको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघको निर्वाचनका लागि मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । सूचना प्रविधि व्यवसायीहरु दुई वटा प्यानलमा चुनावी प्रतिष्पर्धामा रहेका छन् ।बरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना घिमिरे पाण्डे बीचको प्यानलै चुनावी दौडमा रहेको छ ।

एक जना अध्यक्ष र ३८ जना सदस्यको निर्वाचनका लागि विभिन्न समूहगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । अन्तिम नामावली अनुसार कुँवर पक्षका १४ जना र पाण्डे पक्षका ४ जना निर्विरोध भएका छन् ।

महासंघको विधान अनुसार जिल्ला शाखाबाट प्रत्येक प्रदेशबाट २ / २ जनाका दरले १४ जना, संस्थागत सदस्यबाट पुरुष तर्फ ४ र महिला तर्फ ३ जना, संस्थागत आजिवन सदस्यबाट ३ जना, व्यक्तिगत सदस्यबाट पुरुष तर्फ ४ र महिला तर्फ ३ जना, व्यक्तिगत आजिवन सदस्यबाट ३ जना र विषयगत सदस्यबाट ४ जना गरी जम्मा ३८ जना निर्वाचित हुनेछन् ।

CAN Election
CAN Election

मंगलबार प्रकाशित अन्तिम नामावलीबाट विषयगत तर्फ कुँवर पक्षका  नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएका छन् । प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश , हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट, ठाकुर कुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भए ।

त्यस्तै संस्थागत महिला तर्फ कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् भने व्यक्तिगत महिला तर्फ कुँवर पक्षबाट रत्न तारा वैद्य र पाण्डे पक्षबाट सुस्मा शर्मा र गुण केशरी प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

संस्थागत समूहमा कडा प्रतिष्पर्धाः

संस्थागत साधारण समूह पुरुष तर्फ ४ पदका लागि जम्मा ८ जनाको उम्मेदवारी परेको छ । कुँवर समूहका राजन कर्माचार्य, आलोक कुमार मालु, शंकर लाल श्रेष्ठ, निरञ्जन पटेल उम्मेदवार रहँदा पाण्डे समूहका रणजित कुमार पोदार, उमेश रघुवंशी, अरुण कुमार वंशल, बुद्धरत्न मानन्धरको उम्मेदवार रहेका छन् ।

त्यस्तै संस्थागत आजीवन सदस्य समूहको ३ पदका लागि कुँवर समूहका राजेन्द्र प्रसाद अर्याल, नविन जोशी र डा.पवन कुमार शर्माको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका विक्रम सिंह, समीर प्रधार र अहमद खानको उम्मेदवारी परकेो छ ।

व्यक्तिगत साधारण समूह पुरुष तर्फ ४ पदका लागि कुँवर समूहबाट खुशल रेग्मी, श्री पौडेल, सुभाष खड्का र दिनेश राज कार्कीको उम्मेदवारी परेको छ भने पाण्डे समूहबाट रेग बहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी र रुपेश भक्त श्रेष्ठको उम्मेदवारी परेको छ ।

व्यक्तिगत आजीवन सदस्य समूह पुरुषतर्फ ३ पदका लागि कुँवर समूहका प्रा. डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी र पाण्डे समूहबाट हेम्पाल श्रेष्ठ, सुमन लाल प्रधान र अमित अग्रवालले उम्मेदवारी दिएका छन् ।

जिल्ला शाखा सदस्य तर्फ प्रदेश ३ मा कुँवर समूहबाट शेखरनाथ दुलाल र भानुभक्त शर्मा तथा पाण्डे समूहका जयराम हुमागाई र श्यामकल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेशमा कुँवर समूहका अशोक बाबु रानाको उम्मेदवारी दर्ता हुँदा पाण्डे समूहका जगन बहादुर गुरुङ र दुवैको संयुक्त रुपमा कृष्ण प्रसाद पोखरेलको उम्मेदवारी परेको छ ।

पाण्डे समूहबाट आफ्नै उम्मेदवार विरुद्ध उममेदवारी

लेखा समितिको ३ पदका लागि जिल्ला शाखाबाट कुँवर समूहमा भिमसेन गिरी र पाण्डे समूहबाट प्रशान्त टण्डन, संस्थागत समूमा कुँवर पक्षबाट लक्ष्मण यादव र पाण्डे पक्षबाट केशब भट्राई र व्यक्तिगत समूहमा कुँवर समूहबाट हृदयमान श्रेष्ठ, पाण्डे समूहबाट दुई जना राजु कटेल र नारायण प्रकाश भुजू को उम्मेदवारी परेको छ ।

यस अघिको व्यक्तिगत समूहमा पाण्डे तर्फ हुनुपर्ने मा अन्यथा भएकोमा क्षमाप्रार्थी छौं । (सम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here