एमसीडोडोका दुई आकर्षक इयरबर्ड नेपालमा सार्वजनिक

MCdodo Earbuds
MCDODO Launches Two New Earbuds in Nepal

२७ फागुन, काठमाडौं ।

विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको प्रसिद्ध ब्राण्ड एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड– एचपी ३३०० र एचपी ३२९० सार्वजनिक गरेको छ । यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले सजिलै प्रयोग गर्न सक्ने जनाएको छ ।

एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ । भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरु उपलब्ध छन् । एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ । यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ । निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मुल्य रु ४,८८० मात्र रहेको छ ।

त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचकोे रहेको छ । एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरुले मात्र रु ३,७८५ मा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ ।

यदि तपाईं मनोरञ्जन वा संगित पारखी हुनुहुन्छ र आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने यी दुई आकर्षक एवं उत्कृष्ट इयरबर्ड तपाईकै लागि हो । निकै सुलभ मुल्यमा उपलब्ध यी इयरबर्डहरु तपाईंले देशभरका रिटेल स्टोरहरु तथा दराज एप मार्फत अनलाइन पनि सहजै खरिद गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here