रक्तदानलाई निरन्तर अभियानकै रुपमा सन्चालन गर्नुपर्छ: मन्त्री शर्मा

Blood donation

२६ फागुन, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सन्चालन गर्नुपर्ने बताउनुभएको छ ।

ब्ल्ड डोनर्स एशोसियशन नेपाल (ब्लोदान)को आयोजनामा आजदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय रक्तसम्मेलन उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको संख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सन्चालन गर्नुपर्ने बताउनुभयो ।

रक्तदान सम्बन्धी जनचेतना जागृत गर्न सरकारले विशेष ध्यान दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । सरकारले प्रदान गर्ने लोककल्याणकारी बिज्ञापनमा रक्तदाता सचेतनासम्बन्धी सामग्री थप्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य बनाएर लैजाने बताउनुभयो ।

दाताले रगत निशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यताता रहेकाले यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि सरकारले ध्यान दिने प्रतिबद्धता पनि मन्त्री शर्माले व्यक्त गर्नुभयो ।

सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उहाँले नेपाल विपदको जोखिममा रहेकाले आपतकालीन रगत व्यवस्थापनलाई समग्र विपद व्यवस्थापनकै एउटा पाटोको रुपमा जोडेर लैजानुपर्ने बताउनुभयो ।

रेडक्रस, ब्लड डोनर्स एशोसियशन जस्ता सस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोम उल्लेख गर्दै उहाँले यसलाई देशकै निरन्तर अभियानको रुपमा सन्चालन गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here