मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित
१५ साउन, काठमाडौं।
त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउन १५ गते सञ्चालन हुने भनिएको ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको जनाएको हो ।
विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो । स्थगित विषयको परीक्षा तालिका यथाशिघ्र प्रकाशित गरिने सूचनमा उल्लेख छ ।
११ वटा परीक्षा केन्द्रहरू बाहेकका परीक्षा केन्द्रहरुमा भने पुर्वनिर्धारित तालिका बमोजिमनै परीक्षा संचालन हुने सूचनामा उल्लेख गरिएको छ ।
For More: MBS Exams Postponed Madhesh

