घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७+ JCB मेसिन हस्तान्तरण: एमएडब्ल्यू अर्थमुभर्स
२५ असोज, काठमाडौं।
नेपालका लागि JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको घटस्थापनाको अवसरमा ‘JCB शुभारम्भ’ अन्तर्गत देशभरका १२ शाखाबाट २७ भन्दा बढी ब्याकहो लोडर, एक्साभेटर र एग्रीम्याक्स मेसिन हस्तान्तरण गरेको छ।
नेपालमा JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी JCB मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम “JCB शुभारम्भ” नाममा आयोजना गरेको हो।
हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो। प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो।
समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो, र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गर्नुभएको थियो। हस्तान्तरण गरिएका मेसिनमा JCB 3DX ब्याकहो लोडर, एक्साभेटर, एग्रीम्याक्स लगायतका मोडेल रहेका छन्।
कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रा. लि.का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भन्नुभयो, “घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ। आज २७ भन्दा बढी ग्राहकले नयाँ JCB सँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ।
हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ।”
हस्तान्तरण गरिएका मेसिनहरू विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि लगायत देशको आर्थिक विकासमा योगदान पुर्याउने क्षेत्रमा परिचालन हुनेछन्।
एमएडब्ल्यू अर्थमुभर्स (JCB नेपाल) बारे
एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा JCB मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको सञ्जालमार्फत यसले हाल १२,००० भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा दिइरहेको छ।
For more: MAW Earthmovers Delivers 27+ Machines

