महालक्ष्मी विकास बैंक ‘बिफिन एल एन्ड डी एक्सिलेन्स अवार्ड-२०२३’द्वारा सम्मानित

Mahalaxmi Bikas Bank Receives 'BIFIN L&D Excellence Award-2023
Mahalaxmi Bikas Bank Receives 'BIFIN L&D Excellence Award-2023

३० साउन, काठमाडौं।

कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ। बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो।

अलफ्ट काठमाण्डौ होटेलमा सोमबार सम्पन्न ‘लिडर्स फर द नेक्स्ट जेनेरेसनः एक्सपेक्ट द अनएक्सपेक्टेड’ कन्फ्रेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

‘सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आमग्राहकरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here