टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा “महा एक्सचेन्ज मेला“ आयोजना गर्ने घोषणा – यो चाडपर्वमा आफ्नो सवारी साधन अपग्रेड गर्ने सुनौलो मौका

Maha Exchange Mela
Share It On:

१६ असोज, काठमाडौं ।

दसैँको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेन्ज मेला“को आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

Maha Exchange Mela 2081

असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको फाइदा लिन सक्नेछन् ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दावी गरेको छ ।

मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

विशेष दसैँ अफरहरूः

दसैँलाई दृष्टिगत गर्दै टीभीएसले उपभोक्रालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरूको ब्यवस्थापनि गरेको छ: पूर्व–खरिद अफरहरूः दशैँका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि रु ५,००,००० सम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ ।

त्यसैगरी खरिद गर्दा रु १०,००,००० सम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक सातो १००% क्यासब्याक जित्ने अवसरपनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

आकर्षक अफरहरूः

उच्चतम मूल्याङ्कनको ग्यारेन्टीः मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

ग्यारेन्रन्टर बिना सजिलो वित्तीय सुविधाः वित्तीय चिन्ताले पिरोलिरहनु भएको छ ? मेला मार्फत टीभीएसले सजिलो वित्तीय सुविधा प्रदान गर्नेछ ।

ग्राहकहरूले ग्यारेन्टर बिना नै सजिलो वित्तीय विकल्पहरूको फाइदा लिन सक्नेछन्, जसले प्रक्रियालाई अझ सरल र चिन्तारहित बनाउँछ ।
टेस्ट राइड र निश्चित उपहारः मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारहरूको समेत ब्यवस्था रहने छ ।

छानिएका मोडलहरूमा ०%ईएमआई सुविधा ः मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा ०% प्रतिशत ईएमआई को सुविधा उपलब्ध गराउने छ ।

निःशुल्क सामग्रीः एक्सचेन्ज मेलामा नयाँ टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकहरूले निःशुल्क हेलमेट, बाइक कभर, र ब्याग लगायत सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन् । आफ्ना उपभोक्ताले सवारी साधन खरिद गरे देखि नै नै पूर्ण सुविधाको उपभोग गर्न पाउन भन्ने सोचका साथ कम्पनीले यो सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रम विवरणहरू संक्षिप्तमाः

मितिः असोज १५ देखि २०, २०८१
स्थानः भृकुटीमण्डप, काठमाडौं
सम्पर्कः ९८०२०७१६३८, ९८५११७१०१४

जगदम्बा मोटर्स प्रा.लि.को बारेमा

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

For more: Maha Exchange Mela 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *