लिंकन युनिभर्सिटीद्वा सञ्चालित कलेजहरूको दीक्षान्त समारोह हुँदै

Lincoln University College Convocation
Share It On:

२४ पुस २०७८, काठमाडौं ।

लिंकन युनिभर्सिटी कलेज, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षणसंस्थाहरु बाट स्नातक र स्नाकोत्तर तहमा उत्तिर्ण बिद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दिक्षित गर्ने कार्यक्रम “दीक्षान्त समारोह २०२२” २०७८ माघ १५ गते विहान १०ः०० बजेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गइरहेको छ ।

लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशन द्वारा इम्प्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको छ । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो ।

हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विध्यावारीधि तहका शैक्षिक पाठ्यक्रमहरू संचालन गराउँदै आएको छ ।

विश्वविद्यालयको सम्बन्धनमा संचालित ११ वटा शिक्षणसंस्थाहरुको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) का अध्यक्ष रेश्ता झा का अनुसार विश्वविद्यालयले हाल सम्म तीन वटा दीक्षान्त समारोह सम्पन्न गरी २००० बढी बिद्यार्थीहरुलाई उपाधि द्वारा दिक्षित गरी सकेको र यस बर्षको दीक्षान्त समारोह मार्फत १५०० बढी बिद्यार्थीहरु उपाधि द्वारा दिक्षित हुन गईरहेको जानकारी गराउनु भयो ।

बिद्यार्थी, अभिभावक, अतिथि, शिक्षक, विश्वविद्यालय तथा शिक्षणसंस्थाका प्रतिनिधिहरु लगायतका ३००० बढी ब्यक्त्विहरु सम्मिलित यस दीक्षान्त समारोह २०२२ कार्यक्रम निजी शिक्षणसंस्थाहरुद्वारा गरीने एक उत्कृष्ट कार्यक्रम हुने छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts