मोबाईल सम्बन्धि सम्पुर्ण समाधानका लागि

बजारमा आएका मोबाईल फोनहरु सम्बन्धि सम्पुर्ण जानकारी दिने उदेश्यका साथ िसक्स सिग्मा ईन्क. प्रा.लि. ले mobileinnepal.com नामक वेंबसाईट प्रयोगमा ल्याएको छ । यस साईटमा मोबाईल सम्बन्धि आवश्यक सम्पुर्ण जानकारी प्राप्त गर्न सकिनु का साथै मोबाईल पसलको बिस्तृत बिवरण र मोबाईलको मुल्य समेत उल्लेख गरिएको कम्पनिका अध्यक्ष रामकृष्ण दाहालले बताउनु भयो। यस साईटमा भएको फोन कम्प्यारिजन, स्टोर, ब्लग, फोन फाईन्डर जस्ता फिचरहरु ले गर्दा यो साईट मोबाईल प्रयोगकर्ताका लागी मात्र नभई बिक्रेताहरु का लागी पनि प्रभावकारी हुने उहाँको धारणा छ ।
झट्ट हेर्दा अन्य साइटहरु जस्तै देखिएपनि यसका बिशेषताहरुले गर्दा यो साईट अरु भन्दा बिलकुलै भिन्न रहेको छ ।यस साईटमा मोबाईल पसलेहरुले आफ्नो पसलको दर्ता गराई उनीहरु कहाँ भएका सम्पुर्ण मोबाईलहरुको बिबरण रअफरहरु निशुल्क राख्न सक्छन् ।
नेपालमा मोबाईल पसलहरुलाई यसरी अनलाईमा दर्ता गराई उनीहरुको सम्पुर्ण बिवरण राख्ने यो पहिलो साईट हो । जसले गर्दा ग्राहकले अनलाईनमानै कुन फोन कुन पसलमा कति मुल्यमा पाईन्छ भनेर हेर्न र अडर गर्न सक्छन् । यस साईटले मोबाईल सम्बन्धि मानिसमा भएका दुबिधालाई हटाउन र बजार बिकेन्द्रि करणमा मद्दत पुग्ने कम्पनिका सि.ओ.ओ. प्रकृति रेग्मीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here