१४ असार, काठमाडौं।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालक समिती र बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार आषाढ १२ गतेको संचालक समितिको निर्णयले बिजय बहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएका हुन् ।
उनको नेतृत्वमा कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनका योगदानहरू सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
साथै उनको स्थानमा नायव प्रमूख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभए सम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ ।