LBEF कलेजको पाँचौ दिक्षान्त समारोह सन्पन्न

काठमाडौँको मैतिदेवीमा अवस्थित सिक्किम मनिपाल युनिभर्सिटीको सम्बन्धन लिएको लर्डबुद्ध एजुकेसन फाउन्डेसन ‘कलेज फर प्रोफेसनल स्टडिज्’ले स्नातक तह र स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीहरुको पाँचौ दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

उपराष्ट्रपति श्री नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न सो दिक्षान्त समारोहमा सुचना तथा प्रबिधि,ब्यबस्थापन ,फेसन डिजाईन र बायोटेक जस्ता व्यावसायिक बिषयमा अध्ययन गरेका करिब ३०० बिद्यार्थीहरु दिक्षित भएका छन् ।

उक्त अवसरमा प्रमुख अतिथि पुनले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै दिक्षित बिद्यार्थीहरुले प्राप्त गरेको ज्ञान र सीप आफ्नै देशमा प्रयोग गर्न आग्रह गर्दै सरकारले पनि रोजगारीको लागी मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । योग्य र शिक्षित आजका युवाहरु प्रमाणपत्र सिरानिमुनी राखेर रोजगारीको लागी खाडिमुलुक जाने अबस्था नबनोस भन्दै उहाँले सबै पक्षले यसबारे गहन भएर सोच्नुपर्ने आबस्था रहेकोपनि बताउनुभयो।

कार्यक्रममा सिक्किम मनिपाल युनिभर्सिटीकी डिपुटी डाईरेक्टर अनुराधा पारासरले दिक्षित बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै सपथ ग्रहण गराउनु भएको थियोे । यसैगरी लर्डबुद्ध एजुकेसन फाउन्डेसनका संस्थापक श्री परमानन्द केजरिवालले बिद्यार्थीहरुले पाएको ज्ञान र सीपको उचित प्रयोग गरि सफलता हासिल गरे कलेजको शीर सधै उच्च रहने विचार व्यक्त गरेका छन् ।
त्यस्तै कलेजका प्रमुख सल्लाहकार प्रा.डा. महेन्द्र सिंहले दिक्षित बिद्यार्थीहरुलाई आफुले पाएको शिक्षा परिवार, समाज र देश विकासको लागि प्रयोग गर्न प्रेरणा मिलोस् भन्ने विचार राखेका छन् । अत्यन्त मर्मस्पर्शी शब्दहरुमा दिक्षित बिद्यार्थीलाई प्रेरणादायी उर्जामिल्ने विचार राख्दै प्रा.डा. सिंहले यो उपलब्धी छोटो र कम मेहनतले प्राप्त गरेको होइन यसमा अभिभावक तथा कलेज परिवारको देन सराहनिय भएको विचार समेत ब्यक्त गरेका छन् ।

त्यसैगरि कलेजकी रिसर्च डिभिजन प्रमुख प्रा.डा. सुनिती हाडा श्रेष्ठले दिक्षित बिद्यार्थीहरुलाई कितावी ज्ञान पुरा भए पनि अब बास्तविक संसारमा यसको प्रयोग गर्न सक्नु पर्ने बताउदै बहिरको दुनियाँ आफुले सोचे जस्तो सजिलो नरहेको र त्यहाँ हुने ठुला प्रतिस्पर्धामा आफुलाई अब्बल साबित गराउनु सफल हुनुहोस् भन्दै हार्दिक बधाई ब्यक्त गर्नुभयो।

यसैगरी उक्त कलेजका कार्यकारी अध्यक्ष ई.पंकज जलानले कार्यक्रममा स्वागत मन्तब्य राख्दै आफ्नो कलेजले सफलता पुर्वक पाँचौं दिक्षान्त समारोह सम्पन्न गरिरहँदा यसमा कलेज परिवारको बिगत २ दशक देखि कलेज परिवारको अथक मेहनत र परिश्रमले सफलता हासिल गरेको बताउदैे सधै गुणस्तरीय शिक्षालाई महत्व दिइरहने प्रतिवद्धता व्यक्त गर्दै विद्यार्थीलाई शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here