अवरोध हटाउन सके नेपालमा इ-कमर्सको ठुलो संभावना: आफ्टर एक्सेस प्रतिबेदन

क्षेत्रिय आइसिटी नीतिको भण्डार लर्नएसिया (LIRNEasia) द्वारा भर्खरै सम्पन्न गरिएको आफ्टर एक्सेस सर्वेक्षणले हाल सम्म उपलब्ध हुन नसकेको नेपालमा मोवाइल तथा  इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धि तथ्याङ्क सार्वजनिक गरेको छ ।  अनुसन्धान प्रतिवेदन अनुसार नेपाल यसका धनी छिमेकी मुलुकहरुको तुलनामा मोवाइल तथा इन्टरनेट प्रयोगमा अग्र स्थानमा रहेको छ तर ई-कमर्श (e-commerce) को सुचाङ्कमा भने सो अवस्था नरहेको पाइयो ।

अध्ययनका अनुसार १५-६५ उमेर समूहका वहत्तर प्रतिशत (७२%) नेपाली जनतासँग मोवाइल फोन रहेको पाइयो । यी मध्ये ६० प्रतिशत फोनहरु इन्टरनेट चल्ने (फिचर वा स्मार्टफोन) फोनहरु थिए । यसको साथै ४६% नेपालीहरु इन्टरनेटको वारेमा जानाकार रहेको पाईयो । यो प्रतिशत यस प्रतिवेदनमा समावेश गरिएका एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाको भन्दा उच्च रहेको छ ।

लर्नएसिया (LIRNEasia) का प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रिय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपाया (Helani Galpaya) ले भन्नुहुन्छ “नेपालमा इ-कमर्श विकासको ठुलो संभावना छ ।” “यस क्षेत्रका सरोकारवालाहरु चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इ-कमर्श वृद्धिका लागी सँगसँगै अघि बढ्नु पर्दछ ।” उहाले थप्नुभयो ।

केवल ३% मोवाइल प्रयोगकर्ताहरुले कुनै वेला पैसा पठाउन र प्राप्त गर्न मोवाइल प्रयोग गरेको वताए । त्यस्तै केवल २५% १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले विभिन्न मञ्चहरुमध्ये कम्तिमा एउटाको वारेमा जानकार रहेको कुरा वताए । यस समूहको मात्र ४% ले तीनिहरु मध्ये कुनैको प्रयोग गरेको वताए । यो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरुको मध्ये न्यन हो । इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यस सम्बन्धि चेतनाको कमी रहेको सर्वेक्षणमा देखिएको छ । यी उपलब्धिहरु आफ्टर एक्सेसको एक अंशको रुपमा रहेका छन् जुन एउटा अन्तरराष्ट्रिय पुरस्कार प्राप्त कार्य हो । यसले ग्लोवल साउथमा मोवाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाईन मञ्चहरुको (platform) पहुँच तथा प्रयोग सम्बन्धि ठोस तथ्याङ्क संकलन गरेको छ ।

“मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सुचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व गर्दैन । यो सरकार र अन्य निर्णयकर्ताहरुलाई अप्राप्त तथ्याङक हुन्छ ।” मूख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले वताउनुहुन्छ । धरातलीय यथार्थ बुझ्ने एकमात्र उपाय भनेको मान्छे संग प्रत्यक्ष कुरा गर्नु हो । यो नै आफ्टर ऐक्सेसको मुख्य चरित्र हो।” उहाँ थप्नु हुन्छ । आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रिय आइ सि टि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्नएसिया (LIRNEasia) ले काठमाण्डौमा अक्टोबर ४, २०१८ मा लोकार्पण।सार्वजनिकरण (release) गरेको थियो । उक्त सार्वजनिकिकरण कार्यक्रममा प्रतिवेदनको सारांश र नेपालको अवस्थाको सम्बन्धमा प्यानल छलफल भएको थियो । यो कार्यक्रम लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल (ISOC Nepal) र सेन्टर फर ल एण्ड टेक्नोलिजि ले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रमका दुरसंचार प्राधिकरणका वरिष्ठ-निर्देशक आनन्दराज खनल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइ एस ओ सि (ISOC) नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा, LIRNEasia का प्रमुख कार्यकारी निर्देशक हेलानी गल्पया सहभागी हुनुहुन्थ्यो भने साउथ एसिया संयोजक तथा कार्यक्रम सन्चालक  उज्वल आचार्यले प्यानल छलफल मोडेट गर्नुभएको थियो ।

“यो प्रतिवेदनले हाम्रो ICT क्षेत्रको विकासको लागि आवशयक मूख्य बिषयको वारेमा प्रकाश पार्दछ” सेन्टर फर ल एण्ड टेक्नोलोजी का कार्यकारी निर्देशक बाबुराम अर्यालले भन्नुभयो । “हामीले भविष्यका नीति निर्माण कर्ता तथा नियामक तथा औधोगिक नीतिनियमहरुका बारेमा सुचना दिन यो तथ्याङ्क प्रयोग गर्नुपर्छ ।” उहाँले थप्नुभयो ।

नेपालमा सात प्रदेशका १०० वडाहरुका २००० घरपरिवार तथा व्यक्तिहरु सम्म पुगेर यो सर्वेक्षण गरिएको थियो । नमुना संकलन विधि अपनाउदा १५-६५ उमेर समुहका देशभरीका मानिसहरुलाई लक्षित समूह मानि ९५% गोपनीयता र +/-  ३.३% मात्र सिमान्त त्रुटी हुने सक्नेगरी नमूना संकलन गरिएको थियो । नेपालमा प्रयोग गरिएको विधि अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका अठारबाटै सर्वेक्षण कार्य सम्पन गरिएका देशहरु सँग तुलना योग्य छ । त्यसैले आफ्टर एक्सेस डाटावेस मोवाइल फोन र इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धि ग्लोबल साउथको उत्कृष्ट तथा पुर्ण डाटावेश हो । यस तथ्याङ्कमा ३८,००० जना घरपरिवार तथा व्यक्तिहरु सँग प्रत्यक्ष अन्तरवार्ता गरि संकलित सूचनाहरु समाविष्ट छन् । यस तथ्याङ्कले विभिन्न लैङ्गिक, ग्रामिण वा शहरी वसाई र उमेर जस्ता पक्षहरुलाई समेटेको छ ।

यो अनुसन्धान IDRC (International Development Research Centre), क्यानडा, सम्युक्त राज्यको डिएफआईडि (Development for International Development), फोर्ड फाउनडेशन तथा स्वीडिस इन्टरनेशन डेभलपमन्ट कर्पोरेशन एजेन्सी (SIDA) को आर्थिक सहयोगमा सम्पन्न गरिएको थियो ।

नेपालको प्रतिवेदन अनुसारका अन्य प्रमुख नतिजाहरु

  • एसियाका अन्य सर्वेक्षण गरिएका मुलुकहरुको तुलनामा १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरु लामो समय सम्म अनलाईन (online) वस्ने गरेको पाईयो । धेरै जस्तो अर्थात ७८% प्रयोगकर्ताहरु १ वर्ष भन्दा वढी समयदेखी अनलाईन रहेको देखियो । केवल २२% गत वर्षवाट मात्र अनलाइन भएको भेटियो । जहाँ कि सो सख्या भारतमा ३३%, पाकिस्तानमा ५३% र कम्वोडियामा ४३% पाइयो ।
  • इन्टरनेट प्रयोगमा पुरुष र महिला बिचको भिन्नता ३३% पाइयो । जुन एसियाली मुलुकको तुलनामा अझै राम्रो देखिन्छ भने  सर्वेक्षणमा समावेश गरिएका थोरै जसो मुलुकहरुको आर्थिक स्तर समान रहेको पाईयो ।
  • १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्तामध्ये ४०% ले सो को अनुभव लिएको वताए तापनि २९% ले डाटा (data) को लागत मूल्य बढि हुने गरेको प्रष्ट पारे ।
  • ७७% इन्टरनेट चल्ने मोवाइल फोन भएका प्रयोगकर्ताले विभिन्न एप्सहरु (apps) प्रयोग गर्ने गरेको पाईयो । तिनिहरुमध्ये धेरैले म्यासेन्जिङ अथवा च्याट अथवा सामाजिक सञ्जाल चल्ने एप्सहरु वा सवै प्रयोग गर्ने गरेको वताए ।
  • सर्वेक्षण गरिएका मुलुकहरु मध्ये १५-६५ उमेर समुहको नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले न्यून अनलाईन ह्यारेसमेन्ट (Harassment) अनुभव गरेको बताए । केवल ४% ले मात्र यस्तो अनुभव गरेको पाईयो जुन कम्बोडियामा २६% रहेको छ ।
  • समाजिक सञ्जालमा संप्रेषित समाचारको सम्बन्धमा अध्ययन गर्दा नेपालमा १५-६५ उमेर समुहका ५८% मोवाइल प्रयोगकर्ताहरुले यस्ता समाचारको पुर्ण विश्वास गर्ने वताए । यो संख्या अन्य सर्वेक्षण गरिएका मुलुकको तुलनामा अति उच्च रहेको छ ।

लर्नएसिया (LIRNEasia) को वारे

लर्नएसिया (LIRNEasia) एसिया प्यासेफिक आइसिटि नीति तथा नियम सम्बन्धि प्रवुद्ध व्यक्तिहरुको समुह (Think tank) हो । यो नेपालमा सन् २००५ देखि माग र पुर्ति सँग सम्वद्द विभिन्न अनुसन्धान गर्ने तथा दुरसंचार (Telecom) क्षेत्रमा नीति परिवर्तन सम्बन्धि वहस (advocacy) गर्ने एक सक्रिय संस्था हो । यसले यस्ता खालका सर्वेक्षणहरु एसिया भरी एक दशक देखि संचालन गर्दै आइरहेको छ । यो संस्था नेपालका अपाङ्गहरुको जीवन अभिवृद्धिका लागि आइसिटीको भुमिका सम्बन्धी अनुसन्धानमा पनि लागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here